टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती « Khabarhub

टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती

सन्दीपले लिए तीन विकेट


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको चुनौती दिएको छ । टप इन्ड टी–२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको मेलर्बनले सात विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपाललाई अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले चुनौतीपूर्ण लक्ष्य दिएको हो । नेपालविरुद्ध मेलर्बनका थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले सानदार अर्धशतक बनाए । थोमसले ४६ बलमा ६५ रन बनाउँदा ब्लेकले ४७ बलमा ७४ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र साहब आलमले एकएक विकेट हात पारे । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
े्

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान छ ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो। आज नेपाल पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ५५ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल