जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट : परराष्ट्रमन्त्री  | Khabarhub Khabarhub

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट : परराष्ट्रमन्त्री 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् ।

हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरूको आजदेखि राजधानीमा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ ।’

मन्त्री डा राणाले भनिन् ‘हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको छ । अब सबैले राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जबाफदेही बनाउन भूमिका खेल्नुपर्दछ ।’

उनले हाम्रा सामु खडा भएका जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यामा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट गर्दै यो दायित्व सबैको हो भनेर लाग्नुपर्ने बताइन् । 
   
विश्व मौसम विज्ञान संगठनको हालैको एक प्रतिवेदनमा पृथ्वीको तापक्रम वर्षमा १.५ डिग्री सेल्सियसले वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै यो गम्भीर जोखिमको अवस्थामा सुधार ल्याउन तीव्र उत्सर्जन कटौती, दीर्घकालीन लागत न्यूनीकरण र दिगो विकास लक्ष्यहरूको प्राप्ति अपरिहार्य रहेकोमा पनि उनले जोड दिइन् । 

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय न्यायालयको हालैको मतले जलवायु संरक्षण गर्ने, उत्सर्जन घटाउने, यसका गम्भीर प्रभावहरूसँग जुध्ने र सिमापार हानि रोक्ने काम राज्यहरूको कानुनी कर्तव्य रहेको स्पष्ट गरेको बताइन् ।

भारत, पाकिस्तान र नेपालमा हालै आएको बाढीले धेरैको ज्यान लिएको, पूर्वाधारहरू नष्ट पारेको र धेरैलाई अझै बेपत्ता बनाएको बताउँदै यसले सबैभन्दा गम्भीर असर हिन्दुकुश हिमालय क्षेत्रमा परिरहेको पनि स्पष्ट गरिन् । 

भूकम्प, हिमनदीहरु पग्लिने अवस्था, अनियमित वर्षा, जैविक विविधताको क्षय, बाढी र पहिरोको सामना गरिरहेका विश्वका जलवायु–संवेदनशील देशहरूमध्ये नेपाल गम्भीर जोखिममा परेको उनको भनाई थियो ।

नेपालको कार्बन उत्सर्जन अत्यन्तै नगण्य रहेको भए पनि यसको प्रभावको सबैभन्दा नराम्रो असर भोग्नुपरिरहेको बताउँदै मन्त्री डा राणाले नेपालले जलवायु अन्याय भोगिरहेको बताइन्  । 

उनले गत मेमा काठमाडौंमा सम्पन्न सगरमाथा संवादको पहिलो संस्करणको स्मरण गर्दै त्यहाँ विश्वभरका नेता, चिन्तक र नीति निर्माताहरू भेला भई २५ बुँदे रोडम्याप जारी गरिएको जानकारी दिइन्  ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : १९ बजे

‘जारी २’मा १४ ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा

काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ

‘जिवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदै 

काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा

महाधिवेशन मिति तोक्न कांग्रेसका २५ केन्द्रीय सदस्यले दर्ता गराए पत्र

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनाव अगाडि