जेलेन्स्कीलाई युरोपेली नेताहरूको साथ, ट्रम्पले भने– किभले चाहेमा तत्कालै युद्ध अन्त्य गर्न सक्छु « Khabarhub

जेलेन्स्कीलाई युरोपेली नेताहरूको साथ, ट्रम्पले भने– किभले चाहेमा तत्कालै युद्ध अन्त्य गर्न सक्छु


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शान्ति सम्झौताका लागि क्राइमिया र नाटो सदस्यता बिर्सिन आग्रह गरेका छन् । वासिङ्टनस्थित ह्वाइट हाउसमा हुने उच्चस्तरीय बैठकअघि युरोपेली नेताहरू युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको समर्थनमा उभिएका छन् ।

ट्रम्पले जेलेन्स्कीलाई सोमबार दिउँसो सवा १ बजे (जीएमटी ५ः१५) भेट्नेछन् । अपरान्ह  ३ बजे युरोपेली नेतासहित बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ ।

गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेपछि ट्रम्पले युद्धविरामभन्दा शान्ति सम्झौतामा जोड दिँदै क्राइमिया र नाटो सदस्यता मुद्दा बाहिरै राख्नुपर्ने कुरा दोहोर्‍याएका छन् ।

‘राष्ट्रपति जेलेन्स्कीले चाहेमा युक्रेन–रुस युद्ध तत्कालै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न पनि सक्छन्’, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘क्राइमिया फर्किँदैन… र युक्रेन नाटोमा जान पाउँदैन । केही कुरा कहिल्यै बदलिँदैनन् !’

पुटिनले ट्रम्पसँगको भेटमा अमेरिकासहितका युरोपेली सहयोगीहरूले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सक्ने सहमति जनाएका अमेरिकी दूत स्टीभ विट्कफले बताएका छन् । ‘हामीले ठूलो सम्झौता गरेर संयुक्त राज्य अमेरिकाले नाटोको आर्टिकल ५ जस्तै युक्रेनलाई सुरक्षा प्रदान गर्न सक्छ,’ उनले सीएनएनसँग भने।

ह्वाइट हाउसमा जेलेन्स्कीको जोखिमपूर्ण भेट
ट्रम्प–पुटिन भेटपछि जेलेन्स्की फेरि ह्वाइट हाउसको ‘एम्बुस’ मा फस्लान् भन्ने प्रश्न उठेको छ । युक्रेनी राष्ट्रपतिले फेरि एक पटक अपमान सहनुपर्ने चिन्ता जाहेर भएको छ । यसपटक सानो ट्रम्प पनि क्रेमलिनको खेलबाट थाकिसकेका हुन सक्ने अनुमान भइरहेको छ ।

यदि ट्रम्पले नाटोको आर्टिकल ५ जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाए शान्ति सम्झौतापछि युक्रेनको दीर्घकालीन सार्वभौमसत्ता र सुरक्षा अमेरिकी तथा पश्चिमी सहयोगीहरूको बलमा सुरक्षित हुन सक्छ ।

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले यस अवधारणालाई सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति पनि सहमत भएको बताएकी छन्।

पूर्वी युक्रेनको औद्योगिक क्षेत्रबारे रसिया
अलास्कामा भएको भेटमा पुटिनले युक्रेनी सेनाले डोनेट्स्कबाट फिर्ता हुनुपर्ने अडान राखेका छन् । त्यसपछि मात्रै युद्ध रोक्ने प्रस्ताव अघि सारेको समाचार बाहिरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिन अझै बाँकी ३० प्रतिशत पूर्वी भूभाग कब्जा गर्न चाहेको बताएका छन् । जुन क्षेत्र साढे तीन वर्षदेखि युद्धको केन्द्र बनेको छ । विज्ञहरूका अनुसार डोनबास क्षेत्र गुमेमा ‘विनाशकारी परिणाम’ आउन सक्छ ।

वासिङ्टनमा उच्चस्तरीय बैठक
आज वासिङ्टनमा हुने बैठकमा बेलायत, फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेयर ल्येन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री कियर स्टार्मर, जर्मन चान्सलर फ्रेड्रिक मर्ज, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब्ब पनि उपस्थित हुनेछन् ।

गत फेब्रुअरीमा भएको जस्तो असफल भेट पुनः नदोहोरियोस् भनेर उनीहरू जेलेन्स्कीको पक्षमा उभिएका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : २० बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल