‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न | Khabarhub Khabarhub

‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनको समुद्घाटन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल युगमा युवा नै परिवर्तनका मुख्य शक्ति भएको र विश्वभर छरिएर रहेका नेपाली युवालाई एकै डिजिटल प्लेटफर्ममा जोड्नु ऐतिहासिक कार्य  रहेको बताएका छन् । 

प्रविधि र नवप्रवर्तनमार्फत नेपालको समृद्धि हासिल गर्ने अभियानमा युवाको योगदान निर्णायक हुने र त्यसको लागि सरकारले पनि पहलकदमी लिने अठोट व्यक्त गरेका छन् ।

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवालाई प्रविधिमा सक्षम बनाउन सरकारले नीतिगत तथा संरचनागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले नेपालको डिजिटल रूपान्तरणलाई सफल बनाउन युवा पुस्ताको सक्रियता अत्यावश्यक भएको र यस अभियानलाई समर्थन र सफल बनाउन सरकारले आवश्यक कानुनी,नीतिगत र पूर्वाधारगत पहल गर्ने कुरामा जोड दिएका छन् ।

एक करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको सम्मेलनमा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी लगायतका प्रतिष्ठित वक्ताहरूले आफ्नो भनाइ तथा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे गहन छलफल भएको थियो। साथै, विश्वभर रहेका नेपाली युवाले प्रविधि र नवप्रवर्तनमा आधारित आफ्ना सफलताका कथाहरू पनि प्रस्तुत गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष  क्षितिज थेवेले यो सम्मेलन केवल भर्चुअल कार्यक्रम मात्र नभएर यो विश्वव्यापी युवाको साझा आन्दोलन भएको र यसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउने मा जोड दिएका थिए । 

राष्ट्रिय युवा संघ नेपालले युवा पुस्तालाई प्रोत्साहन र ऊर्जा प्रदान गर्ने उद्देश्यले आफ्नो क्यालेन्डर नै बनाएर विभिन्न उद्यमशीलतामा युवाहरूलाई समाहित र सहभागिता गराउँदै  लैजाने पनि अध्यक्ष थेबेले बताएका छन् । 

युवा संघले गत वर्ष पनि अन्तर्राष्ट्रिय एआई कन्फ्रेन्स भव्य कार्यक्रमबीच सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ४१ बजे

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष