सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच समझदारी पत्रमा हस्ताक्षर  | Khabarhub Khabarhub

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच समझदारी पत्रमा हस्ताक्षर 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच विश्वविद्यालयले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कार्यक्रमलाई वासिङ्टन सम्झौताअनुसारको मान्यता दिलाउन आवश्यक पहल गर्ने र परिणाममा आधारित शिक्षा प्रवर्द्धन गर्ने भएको छ ।

सम्झौता पत्रमा सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. हेमराज पन्त र नेपाल इन्जिनियरिङ परिषद्का तर्फबाट अध्यक्ष प्रा।डा। पदमबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने इन्जिनियरिङ कार्यक्रमहरूलाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउन सहयोग पुग्नेछ । यसबाट विश्वविद्यालयका स्नातक गरेका इन्जिनियरहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी पाउन, अन्य मुलुकमा पेशागत लाइसेन्स लिन सहज हुने र उनीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा. किसनदत्त भट्ट, चिकित्सा शिक्षा संकायका डिन प्रा.डा. हेमनाथ जोशी तथा नेपाल इन्जिनियरिङ परिषदका रजिस्ट्रार ध्रुवराज भट्टराईलगायत दुवै पक्षका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : १६ बजे

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले