काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ « Khabarhub

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ । 

अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेपलाञ्चोकको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका छन् । एक सय एक चालकको परीक्षण गरिएकामा उक्त सङ्ख्याका चालक पक्राउमा परेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार हालसम्म साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेको कार्यालयले जनाएको छ । सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताए। 

सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन (लापसे) चेक गरिएको जनाइएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । सो परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरिएको छ । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : ०२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने