पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन  « Khabarhub

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत निर्माणाधीन प्रशोधन केन्द्रको सोमबार स्थलगत निरीक्षणका क्रममा उनले समयमै निर्माण सम्पन्न हुने गरी काम गर्न निर्देशन दिएका हुन् । 

सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उपप्रधानमन्त्री सिंह बागमतीमा सफा पानी बगाउनुपर्नेमा जोड दिँदै त्यसका लागि भइरहेका काममा चासो राख्दै आएका छन् । 

निरिक्षणका क्रममा आयोजनाका निर्देशक प्रकाश अर्यालले टुकुचामा भइरहेको कामको अवस्था र आयोजनामा देखिएको समस्याबारे उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएका थिए । 

‘उपप्रधानमन्त्रीज्यूले निर्माण स्थलको अवलोकन गरे। अहिले भइरहेको कामको प्रगतिबारे आयोजनाका तर्फबाट जानकारी गराएका छौँ,’ उनले भने, ‘मन्त्रीज्यूले छिटो काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौं र ललितपुर दुवैतर्फ बाढीबाट क्षति नहुने गरी काम गर्न पनि निर्देशन प्राप्त भएको छ ।’ 

निर्देशक अर्यालले टुकुचना प्रशोधन केन्द्र निर्माणको म्याद करिब १५ महिना रहेको जानकारी दिँदै समयमै काम सम्पन्न हुने गरी आफूहरू अघि बढेको बताए । 

०७५ सालमा सरकारले टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउने निर्णय गरेपछि काम सुरु भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : २४ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने