नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ? « Khabarhub

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५२ लाख २९ हजार ९२१ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन ।

सोमबार दिनभरमा ३२० वटा कम्पनी करोबारमा आउँदा ६७ हजार ९५९ पटक शेयर किनबेच भएको छ ।

बजार बढ्दा ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार उक्त समूह सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ । सोमबार म्यचुअल फण्ड र अन्य समूह बाहेक अन्य सबै समूह बढको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ३८ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ