‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’ « Khabarhub

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा नभई उनीहरूको अधिकारलाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बताएकी छन् । 

नेपाल अपाङ्ग महिला सङ्घद्वारा आयोजित “अपाङ्गता भएका महिला तथा बालिकामाथिको हिंसाविरुद्धको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा व्यक्त गरेकी हुन् ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष मीना पौडेलले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिला तथा बालिकाहरूको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका सबै निकायहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन् । 

उनले पालिकास्तरमा सहायता कक्षको स्थापना, नेपाल प्रहरीलगायत सरकारी कार्यालयहरूमा साङ्केतिक भाषा (दोभाषे) को व्यवस्था, र पूर्ण अपाङ्गमैत्री भौतिक संरचनाको विकासमा ध्यान दिनुपर्ने बताइन् । 

यस्ता प्रयासले मात्र अपाङ्गता भएका महिला तथा बालिकाहरूले सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण बन्ने उनको भनाइ थियो। पौडेलले काठमाडौं महानगरपालिकाले अपाङ्गमैत्री वातावरण निर्माणमा गरेको प्रयासको प्रशंसा गरे ।

यसैगरी, अधिवक्ता डा. विद्या चापागाईंले अपाङ्गता सम्बन्धी छरिएर रहेका कानुनहरूलाई एकीकृत गरी छाता कानुन निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनले अपाङ्गता भएका महिला तथा बालिकाहरूले न्याय पाउने वातावरण बन्ने बताइन् । 

उनले काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिरहेको सेवालाई देशका ७५३ वटै पालिकाले अनुकरण गर्नुपर्नेमा जोड दिइन् । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश अधिकारीले पनि महानगरको कार्यको सराहना गरे ।

सामाजिक विकास विभाग प्रमुख निरौलाले महानगरपालिकाले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा प्रदान गरिरहेको जानकारी दिइन् । गत वर्ष अपाङ्ग कोषलाई २० लाख सहयोग गरेको महानगरले यस वर्ष ३० लाख प्रदान गर्ने तयारी गरेको उनले बताइन् ।

साथै, सञ्चारमा सहजता ल्याउन साङ्केतिक भाषा (दोभाषे) को सङ्ख्या वृद्धि गर्न महानगरले प्रयास गरिरहेको उनको भनाइ थियो । 

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले सेवा प्रदायक सरकारी कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई सामाजिक सङ्घसंस्थाहरूले पुरस्कार प्रदान गरेर प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । 

त्यस्तै, सार्वजनिक निर्माण विभागका सहायक निर्देशक ई. प्रेम श्रेष्ठले काठमाडौंमा जमिनको अभावका बाबजुद अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा विशेष ध्यान दिइएको बताए । 

उनले सरकारी भवनहरू मात्र नभई निजी भवनहरूलाई पनि अपाङ्गमैत्री बनाउन सामाजिक सङ्घसंस्थाहरूले पहरेदारी गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरी महिला, बालबालिका निर्देशनालयकी प्रहरी निरीक्षक सरस्वती विश्वकर्माले स्रोत र साधनको सीमितताका कारण अपाङ्गता भएका पीडित महिला र बालबालिकालाई अपेक्षित सेवा प्रदान गर्न कठिनाइ रहेको बताए । 

राष्ट्रिय ट्रमा सेन्टरकी फोकल पर्सन मेनुका पोखरेलले हिंसापीडित महिलाहरूलाई पठाउन अपाङ्गमैत्री सेफ हाउसको अभावले कठिनाइ भएको उल्लेख गरिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, कीर्तिपुर वर्न हस्पिटल, इऋःऋ लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सरोकारवालाहरूले काठमाडौँ महानगरपालिकाको अपाङ्गमैत्री सेवा प्रवाहमा गरेको प्रयास उल्लेखनीय रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ५८ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न