धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो « Khabarhub

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र÷गणतन्त्र धरापमा पर्दै गएको बताएका छन् ।  

सोमबार कास्कीमा नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै गुरुङले नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको र स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका हुन् ।

एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहीन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाइ थियो ।

उनले राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा विभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए ।

गुरुङले लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नु नपर्ने बताए । 

त्यस्तै कांग्रेस नेता मोहन बहादुर बस्नेतले पार्टीको भातृसंस्था बलियो भए पार्टी बलियो हुने बताए  । देशभरमा रहेका कांग्रेसका नेताहरू देश हाँक्न सक्षम रहेको भन्दै उनले कांग्रेसको शक्तिलाई मुलुकको विकासमा परिचालन गर्नुपर्नेमा जोड दिए  । 

बस्नेतले लोकतान्त्रिक खेलकुद संघले खेल र खेलाडीको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे  । 

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : १९ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ