धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो « Khabarhub

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र÷गणतन्त्र धरापमा पर्दै गएको बताएका छन् ।  

सोमबार कास्कीमा नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै गुरुङले नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको र स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका हुन् ।

एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहीन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाइ थियो ।

उनले राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा विभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए ।

गुरुङले लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नु नपर्ने बताए । 

त्यस्तै कांग्रेस नेता मोहन बहादुर बस्नेतले पार्टीको भातृसंस्था बलियो भए पार्टी बलियो हुने बताए  । देशभरमा रहेका कांग्रेसका नेताहरू देश हाँक्न सक्षम रहेको भन्दै उनले कांग्रेसको शक्तिलाई मुलुकको विकासमा परिचालन गर्नुपर्नेमा जोड दिए  । 

बस्नेतले लोकतान्त्रिक खेलकुद संघले खेल र खेलाडीको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे  । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ४ : १९ बजे

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा