विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी | Khabarhub Khabarhub

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर नयाँ दिल्ली फर्किएका छन्।

नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा उनले आइबार र सोमबार काठमाडौंमा उच्चस्तरीय भेटवार्ता तथा शिष्टाचार भेटहरू गरे।

भ्रमणका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग भेटवार्ता गरे।

उनले भारतीय नेतृत्वको तर्फबाट नेपालको नेतृत्वलाई शुभकामना दिँदै दुई देशबीच विभिन्न सहकार्यका क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए।

विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भ्रमणको औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गरेका छन्।

दुवै पक्षले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल गर्दै भौतिक र डिजिटल पूर्वाधार, ऊर्जा, रक्षा र सुरक्षासहितका क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले सोमबार अपराह्न जनाएको छ ।

भारतका विदेशसचिव विक्रम मिस्रीको आइतबारको भेटवार्ता ।

रक्षा सामग्री हस्तान्तरण

यो भ्रमणका क्रममा मिस्रीले प्रधान सेनापति महारथी अशोकराज सिग्देललाई भेटेर नेपाली सेनालाई सहयोगस्वरूप लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट तथा सैन्य प्रयोजनका घोडा र तालिमप्राप्त कुकु पनि हस्तान्तरण गरे।

दुवै देशका विदेश सचिवबीच भएको विस्तृत छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरूको समीक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई परिणाममुखी बनाउन सक्ने सम्भावित एजेन्डाबारे पनि विचार विमर्श भएको मन्त्रायले जनाएको छ

भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल भारतको ‘नेबरहुड फस्ट पोलिसी’ (छिमेकी पहिलो नीति) अन्तर्गत प्राथमिकतामा रहेको साझेदारका रुपमा रहेको छ ।

विदेश सचिव मिश्रीको यो भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिनुका साथै सम्बन्ध अझ प्रगाढ बनाउन योगदान पुर्‍याएको दुवै पक्षले जनाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ४३ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित