‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’ « Khabarhub

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे ।

पोखरेलले भने, ‘संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरू सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छभने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उपयुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।’ 

उनले भने, ‘हामी अस्थिरता अन्त्य गर्छौँ ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए। 

महासचिव पोखरेलले तुलनात्मक रूपमा पहिले भन्दा राजश्व संकलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : १९ बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा