आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी « Khabarhub

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी न्यायाधिकरण, कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत संरचना निर्माण गरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्यको शपथ ग्रहण तथा पत्रकार भेटघाट कार्यक्रममा आज उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पीडितको मागअनुसार नै नयाँ संरचना खडा गरेर काम अगाडि बढिसकेको बताए। त्यसमध्ये केही पुराना संरचनालाई रूपान्तरण गरिएको पनि मन्त्री अधिकारीले जानकारी गराए। 

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट छ हजार ७०० सहकारी पीडितको बचत फिर्ता भएको छ । सरकारले घोषणा गरेका २४ वटा समस्याग्रस्त सहकारीमध्ये तीन वटाको सबै हिसाबकिताब राफसाफ गरिएको छ, बाँकी दुई वटाको हिसाबकिताब पनि राफसाफ हुने चरणमा छ’,उनले भने ।

प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सबैले स्वीकार्ने गरी सहकारीसम्बन्धी मापदण्ड जारी गरिने बताए। दर्ता भएका निकायबाट नै सहकारीको नियमन गरिने पनि उनले सुनाए। अनलाइनबाट अनुगमन गरिने सफ्टवेयर निर्माण गरेर बचत तथा ऋण सहकारीलाई नियमन गरिने अध्यक्ष शर्माको भनाइ थियो । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ३० बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा