शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस | Khabarhub Khabarhub

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस भएको छ ।  

सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरूका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिइने उनले बताए  ।

उनले पूर्ण छात्रवृत्तिका विषयमा आफ्नो जोड रहे पनि राज्यले धान्न सक्ने गरी उत्तरदायी बन्नुपर्ने धारणा राखे । केही प्रतिशत निजी र केही प्रतिशत सरकारले थप गर्ने गरी विपन्नलाई  पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उनले बताए । 

त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश विषय सरकारले स्वीकार गरिसकेका विषय उल्लेख भए पनि अध्ययनका लागि दुई दिनको समय दिन आग्रह गरेका थिए । उनले विधेयक अघि बढाउन निकै ढिलाइ भएकाले छिटो पारित गर्न पनि आग्रह गरे ।  

समितिमा पेस भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ५७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित