हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा « Khabarhub

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको बहुमूल्य गुलाबी हीरा चोरेको केही घण्टामै तीन जना आरोपित व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई)को आधिकारिक समाचार संस्था डब्लूएएमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुबई पुलिस जनरल कमान्डले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको दुर्लभ गुलाबी हीरा चोरी गर्ने व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको छ ।”

युरोपबाट गहना लिएर आएका एक हीरा व्यापारीलाई एक आपराधिक गिरोहले आफूसँग एक सम्भावित धनाढ्य ग्राहक देखेको बहाना गरी ती व्यापारीको हीरा बेचिदिने बहाना गरी भिल्लामा लगेका तर नक्कली हीरा व्यापारीले हीरा हेर्ने बहानामा उक्त रत्न चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

दुबई प्रहरीको ‘विशेष र फिल्ड टोलीहरूको प्रयास र नवीनतम एआई प्रविधि प्रयोग गरेर’ घटनामा संलग्न भनिएका तीन जनालाई आठ घण्टाभित्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुबई मिडिया अफिसले सार्वजनिक गरेको भिडियो फुटेजमा पक्राउ परेका अभियुक्तको अस्पष्ट अनुहारसहित गिरोहका तीनै जनालाई देखिएको छ ।

दुबई हीरा व्यापारको लागि एक महत्वपूर्ण केन्द्र हो। संयुक्त अरब अमीरातले कडा प्रहरी सुरक्षा नियन्त्रणमा गर्व गर्छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : १८ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने