युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान | Khabarhub Khabarhub

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै पक्ष’ लाई सकेसम्म छिटो निष्पक्ष र स्थायी शान्ति सम्झौतामा पुग्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वार्ताका लागि अमेरिकी राजधानीमा स्वागत गरेका छन् । तर क्रिमियाको पुनः प्राप्ति वा नाटोमा युक्रेनको प्रवेशको विषय वार्ताको टेबलमा राखिएको छैन ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एकल भेटघाट गर्ने अपेक्षा गरेका छन्  र त्यसपछि युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनसहितका युरोपेली नेताहरूको समूहसँग भेट गर्ने तालिका छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘सबै पक्ष र सरोकारवालाहरूले समयमै वार्तामा भाग लिन र सकेसम्म चाँडो निष्पक्ष, स्थायी, बाध्यकारी र स्वीकार्य शान्ति सम्झौतामा पुग्नुपर्छ ।’

सोमबारको वार्ता शुक्रबारको अलास्का शिखर सम्मेलन पश्चात भएको हो । अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटले युक्रेन संकटमा तत्कालीन युद्धविराम कायम गर्न सफल नभए पनि दुवै नेताले युक्रेनलाई ‘बलियो सुरक्षा ग्यारेन्टी’ दिने वाचा गरेका थिए।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा माओले भने, ‘संकटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासमा चीन समर्थन गर्दछ । रुस र अमेरिकाले सम्पर्क कायम राखेको र युक्रेन संकटको राजनीतिक समाधान प्रक्रियामा प्रगतिशील कदम चालिरहेको देखेर हामी खुसी छौँ ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ४० बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित