लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताएकी छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उनले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई उजागर गर्नुपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई बजबुत बनाउन पनि अग्रणी भूमिका खेल्न आग्रह गरिन् ।

“सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत, उत्तरदायी र प्रगतिशील हुन्छ । त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि र युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारी उपलब्ध गराई ऊर्जाशील युवाको विदेश पलायन रोक्न लाग्नुपर्छ”, उनले भनिन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यले प्रजातन्त्र ल्याउनेदेखि लोकतन्त्रलाई बचाउन महत्त्वपूर्ण योगदान पु¥याएको स्मरण गरे। यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षमा राजस्वमा रु एक खर्ब २० अर्ब एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले हुँदा मुलुकको अर्थतन्त्र चलायमान भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यको आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न चुक्न नहुने धारणा राखे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकमा विकासले गति लिएको बताएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : २५ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित