लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताएकी छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उनले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई उजागर गर्नुपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई बजबुत बनाउन पनि अग्रणी भूमिका खेल्न आग्रह गरिन् ।

“सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत, उत्तरदायी र प्रगतिशील हुन्छ । त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि र युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारी उपलब्ध गराई ऊर्जाशील युवाको विदेश पलायन रोक्न लाग्नुपर्छ”, उनले भनिन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यले प्रजातन्त्र ल्याउनेदेखि लोकतन्त्रलाई बचाउन महत्त्वपूर्ण योगदान पु¥याएको स्मरण गरे। यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षमा राजस्वमा रु एक खर्ब २० अर्ब एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले हुँदा मुलुकको अर्थतन्त्र चलायमान भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यको आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न चुक्न नहुने धारणा राखे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकमा विकासले गति लिएको बताएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : २५ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा