सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग « Khabarhub

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उहाँलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो ।

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताए । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकाले न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने पत्रमा भनिएको छ ।

गृहमन्त्री लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पत्रकार खतिवडाले जानकारी दिए।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना हुँदा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ४७ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार