‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत | Khabarhub Khabarhub

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ गतेलाई तय गरिएको उपेन्द्रले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सम्बन्धित सबैसँगको छलफलपछि नयाँ मिति परिवर्तन गरिएको छ ।’ तर, कोसँग छलफल गरिएको भन्ने कुरा उनले स्पष्ट पारेका छैनन् ।

पहिला ‘जारी २’को प्रदर्शन मिति असोज ३ लाई तोकिएको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको कारण यो प्रदर्शन मिति प्रभावित भएपछि ‘जारी २’ कात्तिक ६ मा पुगेको थियो ।

कात्तिकको पहिलो साता भाइटीका परेको छ । सोहीकारण यो मितिमा अरु तीन फिल्म ‘मैझारो’, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले प्रदर्शन मिति तोकिसकेका थिए । ‘जारी २’ थपिदाँ त्यस साता मात्रै चार फिल्म प्रदर्शनमा आउने अवस्था बनेको थियो ।

‘जारी २’ कात्तिक ६ मा प्रदर्शनमा आउँदा नायक दयाहाङलाई नै सकस पर्ने देखिन्थ्यो । किनभने यो मितिमा उनी शीर्ष भूमिका रहेको तीन फिल्म जुध्ने अवस्था बनेको थियो ।

‘जारी २’ र ‘वरिष्ठ बलराम’ दुवै फिल्मको शीर्ष भूमिकामा दयाहाङ नै छन् । ‘मैझारो’मा पनि उनी मुख्य भूमिकामै रहेको निर्माण पक्षले बताएको छ ।

यदि ‘जारी २’ प्रदर्शन मिति परिवर्नत नगरेको भए दयाहाङलाई प्रचारमा हिड्न समस्या पर्ने देखिन्थ्यो । उनी ‘कुन फिल्मको प्रचारमा हिड्नु ?’ भन्ने संकटमा पर्ने थिए । तर, त्यो भएन ।

‘जारी २’ कात्तिक २१ पुग्दा प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’लाई भने राहत मिलेको छ । किनभने यो फिल्म असोज ३ मा ‘जारी २’ भिड्ने आएपछि भागेर कात्तिक ६ मा पुगेको थियो । फेरि ‘जारी २’ कात्तिकमा पनि भिड्न आएको थियो ।

तर, ‘सोल्टिनी’ दयाहाङसँगको भिडन्तबाट बाच्न भने सकेको छैन । उनी शीर्ष भूमिका रहेको ‘वरिष्ठ बलराम’ कात्तिक पहिलो साता नै प्रदर्शनमा आउँदैछ ।

यता, तीन पटक प्रदर्शन मिति तोक्दा पनि ‘जारी २’ सोलो रिलिज नहुने भएको छ । कात्तिक २१ लाई गायक तथा संगीतकार टंक बुढाथोकीको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ले प्रदर्शन मिति तोकिसकेको छ । यसको शीर्ष भूमिकामा बालगायक अशोक दर्जी छन् ।

अब कात्तिक २१ मा यी दुईको बक्स अफिस प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १० : १९ बजे

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी