‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत « Khabarhub

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ गतेलाई तय गरिएको उपेन्द्रले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सम्बन्धित सबैसँगको छलफलपछि नयाँ मिति परिवर्तन गरिएको छ ।’ तर, कोसँग छलफल गरिएको भन्ने कुरा उनले स्पष्ट पारेका छैनन् ।

पहिला ‘जारी २’को प्रदर्शन मिति असोज ३ लाई तोकिएको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको कारण यो प्रदर्शन मिति प्रभावित भएपछि ‘जारी २’ कात्तिक ६ मा पुगेको थियो ।

कात्तिकको पहिलो साता भाइटीका परेको छ । सोहीकारण यो मितिमा अरु तीन फिल्म ‘मैझारो’, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले प्रदर्शन मिति तोकिसकेका थिए । ‘जारी २’ थपिदाँ त्यस साता मात्रै चार फिल्म प्रदर्शनमा आउने अवस्था बनेको थियो ।

‘जारी २’ कात्तिक ६ मा प्रदर्शनमा आउँदा नायक दयाहाङलाई नै सकस पर्ने देखिन्थ्यो । किनभने यो मितिमा उनी शीर्ष भूमिका रहेको तीन फिल्म जुध्ने अवस्था बनेको थियो ।

‘जारी २’ र ‘वरिष्ठ बलराम’ दुवै फिल्मको शीर्ष भूमिकामा दयाहाङ नै छन् । ‘मैझारो’मा पनि उनी मुख्य भूमिकामै रहेको निर्माण पक्षले बताएको छ ।

यदि ‘जारी २’ प्रदर्शन मिति परिवर्नत नगरेको भए दयाहाङलाई प्रचारमा हिड्न समस्या पर्ने देखिन्थ्यो । उनी ‘कुन फिल्मको प्रचारमा हिड्नु ?’ भन्ने संकटमा पर्ने थिए । तर, त्यो भएन ।

‘जारी २’ कात्तिक २१ पुग्दा प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’लाई भने राहत मिलेको छ । किनभने यो फिल्म असोज ३ मा ‘जारी २’ भिड्ने आएपछि भागेर कात्तिक ६ मा पुगेको थियो । फेरि ‘जारी २’ कात्तिकमा पनि भिड्न आएको थियो ।

तर, ‘सोल्टिनी’ दयाहाङसँगको भिडन्तबाट बाच्न भने सकेको छैन । उनी शीर्ष भूमिका रहेको ‘वरिष्ठ बलराम’ कात्तिक पहिलो साता नै प्रदर्शनमा आउँदैछ ।

यता, तीन पटक प्रदर्शन मिति तोक्दा पनि ‘जारी २’ सोलो रिलिज नहुने भएको छ । कात्तिक २१ लाई गायक तथा संगीतकार टंक बुढाथोकीको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ले प्रदर्शन मिति तोकिसकेको छ । यसको शीर्ष भूमिकामा बालगायक अशोक दर्जी छन् ।

अब कात्तिक २१ मा यी दुईको बक्स अफिस प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १० : १९ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित