दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन « Khabarhub

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले चालु आर्थिक वर्षको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो’, उनले भने, ‘जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।’

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते तीन करोड, भदौ २५ गते भने शून्य भएको छ ।

त्यस्तै भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्‍याे भने भदौ महिनामा २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १९ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका