क्रान्तिको ऐनामा नवयुवाको अनुहार « Khabarhub

क्रान्तिको ऐनामा नवयुवाको अनुहार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

भदौ २३–२४  मा नेपाली समाजले एउटा ऐतिहासिक आन्दोलन देख्यो, जसले नेपाली राजनीति पुनःसंरचना बनाउने मार्ग खोलेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले सुरु भएको असन्तोष केही दिनमै राष्ट्रिय विद्रोहमा परिणत भयो । मुख्यतः २०५४ देखि २०६९ सम्म जन्मिएका जेनरेशन (जेन जी) युवाहरू यस आन्दोलनको अग्रभागमा रहे ।

युवापुस्ताले नेतृत्व गरेको यस आन्दोलनमा हजारौँ नागरिक सडकमा उत्रिए । परिणाम स्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए, संसद् विघटन भयो र सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो ।

यो केवल सरकारको अदलबदल मात्र होइन । यो पुस्ता परिवर्तनको स्पष्ट सन्देश हो । देशले दशकौँदेखि देख्दै आएको उही अनुहारहरूको परिक्रमा अब अस्वीकार्य भएको जनताले घोषणा गरेका छन् ।

नेपाली राजनीतिक इतिहासमा पुराना नेताहरूको योगदान अमूल्य छ । राणा शासनको अन्त्यदेखि २०४६ सालको जनआन्दोलन, २०६२–६३ को लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्र स्थापना गर्नसम्म उनीहरूको सङ्घर्ष र बलिदान ऐतिहासिक छ । यही योगदानले आज हामीलाई लोकतन्त्रको मञ्चमा उभ्याएको हो ।

तर, सत्य यथार्थ के हो भने तीन दशक बढी समयदेखि यिनै अनुहारहरू निरन्तर सत्तामा घुमिरहे । यही कारण दलहरूको आन्तरिक लोकतन्त्र कमजोर भयो, भ्रष्टाचार र नातावाद मौलायो । अवसर केवल केही सीमित वंश वा समूहको हातमा सीमित रह्यो । यही असन्तोष भदौ महिनामा युवा पुस्ताको आक्रोशका रूपमा सडकमा विस्फोट भयो ।

अन्तरिम सरकार बनेको सन्दर्भमा सबै ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा अन्य दलहरूले अब गहिरो आत्ममूल्याङ्कन गर्नुपर्ने छ ।

युवा नेतृत्वको उदय
नेतृत्वमा अब स्वतःस्फूर्त रूपमा पुराना अनुहारहरू होइन, युवा, स्वच्छ र जनताबाट विश्वास पाएका व्यक्तिहरू अगाडि आउनुपर्छ । पार्टी संरचनामा ४० वर्षमुनिका नेताहरूलाई केन्द्रीय तहमा प्रवेश दिने नीति आवश्यक छ ।

जेष्ठ नेताहरूको सम्मानजनक भूमिका
पुराना नेताहरूलाई बेवास्ता गर्नु हुँदैन । तर अब उनीहरूको भूमिका मार्गदर्शक र परामर्शदाताको रूपमा सीमित हुनुपर्छ । यसरी उनीहरूको अनुभव सुरक्षित रहन्छ, तर नयाँ पुस्ताको बाटो अवरुद्ध हुनु हुँदैन ।

भ्रष्टाचारविरुद्ध कठोर संयन्त्र
दलभित्र स्वतन्त्र नैतिकता समिति गठन गरी सम्पत्ति विवरण सार्वजनिक गर्ने संस्कार सुरु गर्नुपर्छ । चन्दा संकलन र खर्चको पारदर्शिता सुनिश्चित गर्न नागरिक प्रतिनिधिहरूलाई समेत समावेश गरिनु पर्छ ।

युवाप्रधान नीति
रोजगारी सिर्जना, प्रविधि र उद्यमशीलता प्रवर्द्धन, शिक्षा, रोजगारीबीचको सन्तुलन, डिजिटल अधिकारको संरक्षण र स्थानीय शासन सुदृढीकरणका विषयलाई दलहरूको मुख्य घोषणापत्रमा समावेश गर्नै पर्छ ।

संविधानको समयानुकूल परिमार्जन
२०७२ सालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जग दिएको छ। तर समयसापेक्ष परिमार्जन आवश्यक छ । प्रतिनिधित्वलाई सहज बनाउन निर्वाचन प्रणालीमा सुधार, उम्मेदवारीका लागि उमेर र खर्च सम्बन्धी नियम परिमार्जन, निर्वाचन खर्चमा पारदर्शिता, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण जस्ता विषय प्राथमिक हुनुपर्छ ।

संविधानलाई भत्काउने होइन, सबैको अधिकार सुनिश्चित हुने गरी विगतमा देखिएका कमजोरीलाई सुधार गर्ने खालको संशोधन र मजबुत बनाउने दिशामा सबै दल मिलेर अघि बढ्नु पर्नेछ । यसको लागि स्वतन्त्र संविधान समीक्षा आयोग गठन गरी सार्वजनिक सुनुवाइमार्फत प्रक्रिया अघि बढाउन सकिन्छ ।

जेनरेशन–जी आन्दोलनको भावना शुद्ध थियो राष्ट्रहितका लागि । तर इतिहासले सिकाएको छ, यस्ता आन्दोलनलाई कतिपय बाह्य शक्ति वा आन्तरिक स्वार्थले कब्जा गर्ने प्रयास गर्ने गर्छन् । यसपटक यस्तो गल्ती दोहोरिनु हुँदैन–
– आन्दोलनको लाभ कुनै विदेशी स्वार्थको खल्तीमा पर्नु हुँदैन ।
– कुनै व्यक्तिले व्यक्तिगत लाभका लागि यसलाई प्रयोग गर्न पाउनु हुँदैन ।
– सम्पूर्ण लाभ राष्ट्र र जनताकै हितमा सीमित रहनुपर्छ ।
– यसका लागि नागरिक समाज, युवा समुदाय र अन्तरिम सरकारले सशक्त निगरानी राख्नुपर्छ ।

व्यावहारिक कदमहरू
– अन्तरिम सरकारले अब तुरुन्तै स्पष्ट रोडम्याप सार्वजनिक गर्नुपर्छ ।
– दलहरूलाई ६ महिनाभित्र आन्तरिक सुधार योजनाको घोषणा गर्न बाध्य पार्नुपर्छ ।
– निर्वाचन आयोगलाई स्वतन्त्र र पारदर्शी ढंगले सबल बनाउनुपर्छ।
– आन्दोलनका क्रममा भएका मृत्यु एवं दमनबारे निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनु पर्छ ।
– तत्कालीन प्राथमिकता रोजगारी, शिक्षा सुधार र प्रविधि–उद्यमशीलता सम्बन्धी नीति बनाउनुपर्छ ।

निष्कर्ष
यो क्षण नेपालका लागि ऐतिहासिक अवसर हो । पुराना नेताहरूलाई मार्गदर्शकको भूमिकामा सम्मानपूर्वक राख्दै, प्रत्यक्ष नेतृत्व युवा, स्वच्छ र सक्षम पुस्तालाई दिन सकियो भने नेपालको लोकतन्त्र अझ सबल हुनेछ । जेनरेशन–जी आन्दोलन केवल असन्तोषको विस्फोट होइन, भविष्यको आशाको आवाज हो । यदि दलहरूले यसलाई आत्मसुधार र पुनर्गठनको मौका माने भने, आजको उथलपुथलले नेपाललाई दिगो र समृद्ध लोकतन्त्रतर्फ डो¥याउने छ । तर यो अवसर खेर गयो भने, फेरि पुरानै चक्र दोहोरिनेछ ।

(लेखक नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया क्यानडाका अध्यक्ष हुन् ।) 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : २३ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज