काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ « Khabarhub

काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा जलाइएका सरकारी संरचनाको आगो निभाउन नगएको आरोप काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले खेपिरहेका छन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवाससहितका गणतन्त्रका प्रतीक जल्ला बालेन रमिते बनेर बसेको आरोप लागिरहेका बेला उनले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बोल्न लगाएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर पाण्डेले महानगरको दमकलले भाटभनेटनी सुपरमार्केट र सिंहदरबारसहितमा लागेको आगो निभाउन दमकल परिचालन गरेका जिकिर गरेका छन् ।

‘न्यूरोडमा रहेको जनसेवा प्रहरी र हिमालयन बैंक जलेकाले स्थानीयले हामीलाई त्यहीँ निभाउन रोक्दा समस्या भयो । हाम्रा दमकल विभिन्न ठाउँमा गएका हुन्’, उनले भने, ‘दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा ढिलाइ गरेका थिएनौँ । बालाजु र स्वयम्भू क्षेत्रमा दमकलमा पानी सकिएपछि ट्यांकरहरूलाई सहयोगका रुपमा लिएका थियौँ । फिल्डमै पानी फिलिङ गर्ने अवस्थामा चुकेका छैनौँ ।’

उनले सरकारका ठूला संरचनाको आगो निभाउन दमकल नपठाएको कुराको खण्डन गरेका छन् । तर अहिले पनि आगो ननिभेर सिंहदरबार जलिरहेको छ।

‘महानगरले दमकल पठाए भन्ने कुरा गलत हो । बाटो क्लियर होस् भनेर बसेका थियौँ । नेपाली सेनाको गणेश दल र जंगी अड्डासँग पनि समन्वयमा थियौँ’, उनले भने, ‘खानेकुरा र औषधि पठाउन पनि नगर प्रहरी खटिएका थिए । कुनै समस्या नहोस् भन्न खटिएका थियौँ । रगत आवश्यक हुँदा पनि प्रहरीहरूलाई पठाएका थियौँ ।’

रगत संकलनका लागि पनि नगर प्रहरी पठाइएको उनले बताए । ‘हामी कर्तव्यबाट चुकेका थिएनौँ । सिंहदरबारसहितमा सुरक्षाका कारणले आगो निभाउन सकेनौँ’, उनले भने, ‘सिंहदरबार र सर्वोच्च अदालतमा हाम्रो प्राथमिकतामा थियो । एकै ठाउँमा १०/१५ पटक पनि पुगेका छौँ । दुई तीन दिन हाम्रो प्रहरी नसुती खटिएको थियो ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : २२ बजे

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी– कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई