प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा « Khabarhub

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर गएपछि हामीले खोजेको बेलामा तपाईँलाई पाउन सकिन्छ कि सकिँदैन होला भन्ने दोधार पनि सुनिरहेको छु । तर म त्यो ढर्राबाट काम गर्ने मान्छे होइन । म त्यसरी निर्वाचित भएपछि बेवास्ता गर्ने खालको भए काठमाडौं–४ मा तीन पटकसम्म निर्वाचन जितिसकेपछि पनि जनताले त्यहीँबाट चुनाव लड्न बोलाउने अवस्था हुँदैनथ्यो । 

निर्वाचित बनेपछि मैले सर्लाही–४ मा एउटा सांसदको कार्यालय स्थापना गर्छु । हिजो पनि म व्यवस्थित सांसद कार्यालय सञ्चालन गर्ने सांसद थिए । मेरो कार्यालय यहाँ हुन्छ । मेरो क्षेत्रको नागरिकले जुन बेला चाह्यो त्यहाँ आएर आफ्नो समस्या टिपाएर जानुहुन्छ । 

काठमाडौंमा पनि सर्लाही क्षेत्र नम्बर ४ का लागि कार्यालय हुन्छ । त्यो कार्यालयमा यहाँका जनताले टिपाएका समस्याको खबर तुरुन्त पुग्ने प्रणाली हुन्छ । सर्लाहीका जनताले सांसदका रुपमा यहाँबाट मलाई लगाएका कामहरू मैले त्यहाँबाट पनि सम्पादन गर्छु । नियमित रुपमा यहाँ आउँछु । 

सर्लाहीको कार्यालयले दिएको जिम्मेवारी वहन गरेर काम गर्छु । शिक्षा, स्वास्थ्य, आईटी, कृषि, सिंचाईको टिमले यहाँ आएर काम गर्छ । आज काठमाडौंबाट मेरो सूचना प्रविधि आइटीको टिम सर्लाही आउँदै छ । यहाँका हरेक गाउँमा गएर उहाँहरूले हप्तादिन यहाँका विषयहरू, मुद्दाहरू के छन् सबै कुराको त्यो टिमले अध्ययन गर्छ र काठमाडौं फर्किन्छ र प्रतिवेदन तयार गर्छ । 

त्यसको आधारमा मैले आगामी ५ वर्ष के काम गर्ने, सदनमा के बोल्ने भन्ने कुरा मैले तय गर्छु । मेरो टिम भनेको मैले काम गर्दै गर्दा जोडिएका मैले आर्जन गरेको मेरो सम्पत्ति हो । थुप्रै विषय विज्ञ तथा विद्यार्थी साथीहरू मलाई मद्दत गर्न तयार छन् । 

उनीहरूले तपाईँ सर्लाही जानुभएको छ, हामी त्यहाँ आएर सहयोग गर्छौँ भन्दा मैले एउटा कुरा भने, मलाई केही पनि मद्दत चाहिँदैन मलाई त्यहीँको साथीहरूले सहयोग गर्नुहुन्छ । 

सर्लाहीबाट काठमाडौंमा व्यावसायिक रुपमा काम गर्दै गरेका कति साथीहरूसँग अहिले मैले भेट्न पाएको छु । यस्ता साथीहरूसँग जोडिँदै योगदान गर्न चाहेमा उहाँहरूको ज्ञान, सीप म प्रयोग गर्दै जान्छु ।

बाहिर मैले बनाएको सम्बन्धलाई मैले के भन्ने हो भने मेरो क्षेत्र सर्लाही हो अब, यहाँको कृषि, स्वास्थ्य, शिक्षा, सिँचाई क्षेत्रमा मैले काम गर्नुपर्नेछ । त्यहाँ तपाईँहरूको मद्दत चाहिन्छ भनेर अनुरोध गर्दै त्यो सबै मैले यहाँ ल्याएर पोख्ने हो । म तपाईँलाई यो विश्वास गराउँछु । 

मधेस प्रदेशको ३२ वटा निर्वाचन क्षेत्र मध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाही ४ हो भन्ने बनाउँछु । यसमा तपाईँहरू ढुक्क हुनुहोस् । किनकि म त सभापति भएर भर्खर यात्रा सुरु गरेको छु ।

फेरि मलाई नियमित महाधिवेशनबाट सभापति बन्नु छ । अब ८/१० वर्ष अझै सक्रिय राजनीतिमा रहनु छ । अहिले यहाँहरूसँग गरेको प्रतिबद्धता पूरा गर्न नसके तपाईँहरूले प्रश्न पक्कै गर्नुहुन्छ । त्यसको सबैभन्दा ठूलो घाटा मलाई हुन्छ, त्यसकारण पनि मैले युवा साथीहरूको ऊर्जा उपयोग गर्दै उत्कृष्ट काम गर्नेछु । 

उहाँहरूलाई पनि मेरो अनुरोध छ । तपाईँहरूको म दाइ वा अभिभावक भएर काम गर्ने हो नेता होइन । कोही युवा वैदेशिक रोजगारीमा जानुभएको छ । कोही नयाँ सोचका साथ नयाँ काम गर्न चाहिरहनुभएको छ । कसले गर्देला मलाई मद्दत भन्ने अन्यौलता छ । 

अस्ति मैल एउटा भाइ भेटेँ, क्रिकेट खेल्नु हुँदो रहेछ । मेरो पहुँच माथिसम्म छैन जोडिदिनु पर्‍यो भन्नु भो । यी सबै विषयमा युवा साथीले मलाई भरपर्दो दाइका रुपमा पाउनुहुन्छ । (मतदातासँग मत माग्ने क्रममा व्यक्त धारणामा आधारित)

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ५६ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा