मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ | Khabarhub Khabarhub

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उता भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण फोनवार्ता भएको बताएका छन्।

उनले भदौ २३-२४ भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसका साथै नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीले गरिरहेको प्रयासप्रति भारतको दृढ समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसै अवसरमा उनले कार्कीलाई र भोलि पर्ने नेपालको राष्ट्रिय दिवसका अवसरमा नेपाली जनताप्रति हार्दिक शुभकामना पनि व्यक्त गरेको बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १२ : ५९ बजे

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको