जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह « Khabarhub

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताएका छन् ।

बिहीबार जेन-जी आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएको काठमाडौंको चाक्सीबारीस्थीति आफ्नै घरको निरीक्षण गर्दै नेता सिंहले इतिहासमा सम्मान गरिने गणेशमानको घर, बिपी कोइरालाको निवास, कृष्णप्रसाद भट्टराई आश्रम लगायतका ऐतिहासिक धरोहरमा आगजनी गर्नेहरू जेन-जी आन्दोलनकारी नभई आन्दोलनका नाममा घुसपैठ गर्नेहरू भएको बताएका हुन् ।

उनले उक्त घटनाको विधि अनुसार छानबिन हुनुपर्ने माग गरे । सिंहले देशव्यापी रूपमा नियोजित रूपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको धारणा राखे ।

मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेहरूमाथि नियोजित रूपमा आक्रमण गर्ने दुस्साहस नगर्न चेतावनी दिँदै उनले सबै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरूले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको बताए । 

जेन-जी आन्दोलनका क्रममा सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेर निवास र केही गाडीहरू जलाइएको थियो । 

ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहले बनाएका हुन् । आफ्ना बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह सोही घरमा नै बस्दै आएका थिए । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : १० बजे

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी– कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई