‘सोल्टिनी’को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम « Khabarhub

‘सोल्टिनी’को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक ६ अर्थात् भाइटीकाबाट प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत दुई मिनेट लामो टिजर सार्वजनिक गरेको हो । 

टिजरमा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूलाई मात्रै प्राथमिकतामा दिइएको छ । टिजरले उनीहरूको प्रेम सम्बन्धको कथामा बनेको फिल्म बनेको प्रस्ट पारेको छ ।,

यसले फिल्म अन्तरजातीय प्रेम सम्बन्धमा बनेको संकेत गरेको छ । किनभने परीक्षा राई समुदायको युवतीको भूमिकामा देखिन्छिन् । प्रकाश कुन समुदायसँग सम्बन्धित छन् भन्नेबारे खुलाइएको छैन ।

यस फिल्ममा प्रकाश र परीक्षासँगै विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतको अभिनय रहने बताइएको छ । 

यस फिल्ममा कथा र निर्देशन अर्जुन सुबेदीको रहेको छ । पटकथा भने कुमार भट्टराईले लेखेका हुन् । 

प्ल्यानेट ३ र योलो इन्टरटेन्मेट ब्यानरको सहकार्यमा बनेको यस फिल्मको निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन् । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ३५ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि