फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन « Khabarhub

फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फासीवादविरोधी दाबी गर्ने अभियानलाई आतङ्ककारी सङ्गठन घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ‘एन्टिफा’ अर्थात् ‘एन्टिफासिस्ट एक्सन’ अभियानलाई आतंककारी सङ्गठनको घोषणा गरेका हुन् ।

अमेरिकी दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको हत्यापछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले यस्तो अभियानलाई आर्थिक सहायता दिनेविरुद्ध पनि अनुसन्धान हुनुपर्ने उल्लेख गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार एन्टिफा विभिन्न वामपन्थी एवम् अनार्किस्ट भनिने अराजकतावादी संगठन आबद्ध सञ्जाल हो । यस अभियानको कुनै केन्द्रीकृत नेतृत्व वा सङ्गठनात्मक संरचना छैन ।

यो अभियानले लामो समयदेखि ट्रम्प प्रशासनको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : २० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक