‘ओस्कार’मा ‘अञ्जिला’ जाने भएपछि ‘गुन्यो चोलो’ निर्देशक आक्रोशित, लगाइन् आर्थिक चलखेलको आरोप « Khabarhub

‘ओस्कार’मा ‘अञ्जिला’ जाने भएपछि ‘गुन्यो चोलो’ निर्देशक आक्रोशित, लगाइन् आर्थिक चलखेलको आरोप


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकेमेडी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सले सन् २०२६ मा घोषणा गर्ने ९८ औं एकेडेमी अवार्ड ‘अस्कर अवार्ड’का लागि नेपालबाट फिल्म ‘अञ्जिला’ छनोट भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचचित्र छनोट समिति नेपालका अनुसार अस्कारमा प्रतिस्पर्धा गर्न दुई फिल्महरू ‘अञ्जिाला’ र ‘गुन्यो चोलो– द ड्रेस’ प्रक्रियामा आएका थिए ।

फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुती, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी अस्करको नेपाली प्रतिस्धपर्धी बनाइएको समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब ओस्कारमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘अञ्जिला’ प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी तत्कालीन कप्तानको अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म हो । यस फिल्ममा अञ्जिला, नायक दयाहाङ राई र नायिका सिर्जना सुब्बा शीर्ष भूमिकामा रहेका छन् ।

यो ०८२ साल फागुनमा प्रदर्शनमा आएको हिट फिल्म हो ।

निर्देशक भट्टको आरोप

अस्कोरमा प्रतिस्पर्धामा जान प्रक्रियामा सहभागी भएको ‘गुन्यो चोलो’की निर्देशक समुन्द्र भट्ट आक्रोशित भएकी छन् । समितिले आफ्नो फिल्मलाई ओस्करमा नपठाएका कारण उनी आक्रोशित देखिएकी हुन् ।

उनले यो फिल्मलाई फेस्टिभल तार्गेट गरेर बनाएकी थिइन् । समिति आर्थिक प्रलोभनमा परेर आफ्नो फिल्मलाई चयन नगरेको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो देशमै बसेर नयाँ विषयवस्तुमा काम गर्ने, आफ्नै सिर्जनाले अन्तर्राष्ट्रिय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने सपना बोकेर हिँड्नु आजभोलि असम्भवजस्तो लाग्न थालेको छ। हामीले ओस्करका लागि भनेर रातदिन खटेर गरेको मिहिनेत, पैसाको खेलले ओझेल पारिदिएको देख्दा मन अत्यन्त पीडित हुन्छ।’

उनले यो घटनालाई अवसर पैसामा किनबेच भएका रुपमा बुझेकी छन् ।

उनले समितिका प्रतिसदस्यले एक–एक लाख लिएर ‘अञ्जिला’लाई ओस्करमा पठाएको गम्भीर आरोप पनि लगाएकी छन् ।

उनले लेखेकी छन्, ‘सायद मलाई चिनेको जस्तो छैन ओस्कार कमिटीले। मसँग मागेको भए १(१ लाख होइन, म त हरेकलाई १०-१० लाखै दिन्थेँ नि, हाहाहा कति हाँस्नु ।’

‘गुन्यो चोलो’मा नायक नाजिर हुसेन शीर्ष भूमिकामा छन् । यो अहिले पनि नेपाली हलमा प्रदर्शनरत छ ।

निर्देशक भट्टको स्ट्याट्स :

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २० बजे

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि