जेन-जी आन्दोलनको प्रभाव : नेप्सेमा लाग्यो ‘आगो’ | Khabarhub Khabarhub

जेन-जी आन्दोलनको प्रभाव : नेप्सेमा लाग्यो ‘आगो’


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले सरकार परिवर्तन गर्नेगरी गरेको आन्दोलनको नराम्रो प्रभाव बिहीबार पुँजीबजारमा देखियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुँदा नेप्से समयसीमा अनुसार ४, ५ र ६ प्रतिशतले घटेर बन्द भयो ।

२२६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुँदा १६०.३३ अंकले घटेर नेप्से २५११.३३ अंकमा झरेको छ । बिहीबार कारोबार भएका कम्पनीमध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।

बिहीबार अन्तिम सर्किट लागेर बजार बन्द हुनेबेलासम्म ७२ करोड ८७ लाख दुई हजार ८३० रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आजको कारोबारमा व्यापार समूहमा सबैभन्दा धेरै ९.४३ प्रतिशत अर्थात् ३६४.६४ अंकले पहिरो गएको छ ।

यी हुन् आजका भाग्यमानी कम्पनी

तीनपटक सर्किट लागेर नेप्से बन्द भएपनि नौ वटा कम्पनीको सेयर मूल्य भने बिहीबार बढ्यो । जसमध्ये हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४३ अंकले बढ्यो ।

त्यस्तै, बिहीबार एसियन हाइड्रोपावर, अभियान लघुवित्त, गणपति लघुवित्त, खानीखोला हाइड्रोपावर लक्ष्मी लघुवित्त, नेशनल लघुवित्त, रावा इनर्जी र सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : ४७ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई