राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार « Khabarhub

राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा लुमरले नेपालमा भएको जेनजी आन्दोलनबारे कडा टिप्पणी गरेकी छिन् । उनले नेपालमा युवाहरुको आन्दोलन निम्त्याउन अमेरिकी सहायता नियोग यूएसएडबाट प्रेरित भ्रष्टाचार कारक रहेको टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नेपालका लागि अमेरिकी राजदूतप्रति पनि कटाक्ष गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘बाइडेनले नियुक्त गरेका अमेरिकी राजदूत डिन थोम्पसन अझै ट्रम्प प्रशासन मातहत आफ्नो पदमा रहँदा यूएसएडप्रेरित भ्रष्टाचारविरुद्ध युवाको विद्रोहपछि नेपालको सरकार ढलेको छ ।’

उनले नेपालमा अमेरिकी करदाताको पैसाका कारण भ्रष्टाचार बढिरहेको पनि टिप्पणी गरेकी छिन् । उनले नेपालमा भ्रष्टाचार बढ्नुमा यूएसएडका साथै सोरोसबाट आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारहरुले नेपालमा लोकतन्त्रको निर्माण गर्न दशौँ लाख डलर खर्च गरेको पनि आरोप लगाइन् ।

उनले लेखेकी छिन्, ‘अमेरिकी करदाताको डलरको सहारामा भएको भ्रष्टाचारको फोहोरी खाडल उजागर गरेको युवा आन्दोलनले सेप्टेम्बर २०२५ मा नेपालको सरकार ढाल्यो । सोरोसको आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारसँगै यूएसएडले लोकतन्त्र निर्माणजस्ता कार्यक्रममार्फत खर्च गरेको दशौँ लाख डलर नेपालका अभिजात वर्गको खल्तीमा गयो, यसका संस्थाहरु खोक्रो भए र क्रान्तिको झिल्को निम्त्यायो ।’

उनले नेपालका लागि अमेरिकी राजदूतबारे पनि कठोर टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जो बाइडेनले डिन थोम्पसनलाई सन् २०२२ मा नेपालका लागि अमेरिकी राजदूत नियुक्त गरेका थिए । नेपाल सङ्कटमा पर्दै गर्दा राजदूत थोम्पसन बाइडेन कालको पुरानै भ्रष्टाचारमा कायम रहे, जुनविरुद्ध नेपालका जनता आन्दोलित भएका थिए ।

उनले ट्रम्प प्रशासनमा डिन थोम्पसन सैद्धान्तिक रुपमा पनि अनुकूल नरहेको उल्लेख गरेकी छिन् । उनले आफ्नो कार्यकालमा थोम्पसनले नेपालमा ‘परलैङ्गीक एजेन्डा’ बारे पैरवी गरेको पनि उल्लेख गरेकी छिन् । थोम्पसनले नियमित रुपमा आफ्नो आधिकिारिक राजदूत र दूतावास सामाजिक सजालमार्फत् एलजीबीटीक्यूबारे पैरवी गर्दै आएको पनि आरोप लगाइन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ४९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका