यो यो हनी सिंहको ‘मखना’ विवाद ६ वर्षपछि सकियो « Khabarhub

यो यो हनी सिंहको ‘मखना’ विवाद ६ वर्षपछि सकियो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्  २०१९ मा रिलिज भएको यो यो हनी सिंहको हिट गीत गीत  ‘मखना’ ले युट्युबमा रातारात मिलियन भ्यूज पायो, तर गीतको लोकप्रियतासँगै र्‍यापर कानुनी विवादमा फसे। पन्जाब राज्य महिला आयोगकी अध्यक्ष मनिषा गुलाटी र एएसआई लखविंदर कौरले गीतमा प्रयोग भएका शब्दलाई मुद्दा बनाउँदै एफआईआर दर्ता गराएका थिए।

६ वर्षको कानुनी झमेलापछि मोहाली राष्ट्रिय लोक अदालतले उक्त मुद्दा रद्द गर्ने निर्णय सुनाएको छ। मटौर प्रहरी चौकीमा दर्ता भएको एफआईआरको रद्दीकरण रिपोर्ट पनि दर्ता भइसकेको छ। अदालतमा बयान दिएकी एएसआई लखविंदर कौर र मनिषा गुलाटीले यस निर्णयमा कुनै आपत्ति नभएको जनाएका थिए।

यो निर्णयपछि  हनी सिंहलाई कानुनी राहत प्राप्त भएको छ । अहिलेसम्म र्यापरको तर्फबाट यसबारे कुनै बयान आएको छैन, तर फ्यानहरू छिट्टै उनी खुशी व्यक्त गर्ने अपेक्षामा छन्।

व्यक्तिगत जीवनमा,  हनी सिंह विदेशी महिलासँग प्रेममा रहेको खबर बाहिर आएको छ र हाल दुबईमा बस्दै आएका छन्। यसका साथै उनी छिट्टै नयाँ गीतहरू रिलिज गर्ने तयारीमा छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको