दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा « Khabarhub

दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ कात्तिक १४ मा प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बिहीबार फिल्मको फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा नायक महेश त्रिपाठी र नायिका अञ्जना बराइलीलाई फिचर्ड गरिएको छ । पोस्टरमा अञ्जना महेशको अँगालोमा छिन् । उनी प्रेमभावमा प्रस्तुत छिन् । महेश भने पोस्टरमा गम्भीर देखिन्छन् ।

पोस्टरले यी दुई फिल्ममा विवाहित जोडीको भूमिकामा रहेको संकेत गर्छ । किनभने अञ्जनाको सिउँदोमा सिन्दुर र गलामा पोते देख्न सकिन्छ ।

नायक नायिकाको पहिरनले यो फिल्म मध्यम वर्गीय परिवारको कथामा रहेको अनुमान लगाउन सकिन्छ ।

यस फिल्मको ट्याग लाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ । यसले फिल्मको मुख्य सार प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ । यसले पनि फिल्म सम्बन्धको कथामा बनेको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।

यस फिल्ममा नीर शाह, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यो फिल्मको कथा निर्देशक आचार्यकै हो । पटकथा तथा संवाद भने यम थापाले लेखेका हुन् ।

फ्रर्स्ट लुक पोस्टर सार्वजनिक गरेसँगै फिल्मको प्रचारको काम सुरु भएको निर्देशक आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १३ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री