दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा « Khabarhub

दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ कात्तिक १४ मा प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले बिहीबार फिल्मको फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा नायक महेश त्रिपाठी र नायिका अञ्जना बराइलीलाई फिचर्ड गरिएको छ । पोस्टरमा अञ्जना महेशको अँगालोमा छिन् । उनी प्रेमभावमा प्रस्तुत छिन् । महेश भने पोस्टरमा गम्भीर देखिन्छन् ।

पोस्टरले यी दुई फिल्ममा विवाहित जोडीको भूमिकामा रहेको संकेत गर्छ । किनभने अञ्जनाको सिउँदोमा सिन्दुर र गलामा पोते देख्न सकिन्छ ।

नायक नायिकाको पहिरनले यो फिल्म मध्यम वर्गीय परिवारको कथामा रहेको अनुमान लगाउन सकिन्छ ।

यस फिल्मको ट्याग लाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ । यसले फिल्मको मुख्य सार प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ । यसले पनि फिल्म सम्बन्धको कथामा बनेको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।

यस फिल्ममा नीर शाह, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यो फिल्मको कथा निर्देशक आचार्यकै हो । पटकथा तथा संवाद भने यम थापाले लेखेका हुन् ।

फ्रर्स्ट लुक पोस्टर सार्वजनिक गरेसँगै फिल्मको प्रचारको काम सुरु भएको निर्देशक आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित