प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ « Khabarhub

प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ


२ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता दक्षिणी छिमेकी भारत निरन्तर संवादमा छ ।

शीतल निवासमा कार्कीले अन्तरिम सरकारको शपथ लिँदा भारतीय राजदूत नवीन श्रीवास्तवले त्यहीँ पुगे बधाई दिए ।

त्यसको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर पुगेर प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल-भारत सम्बन्धको लामो चर्चा गरे ।

त्यसपछि ३१ भदौमा सिंहदरबार छिरेर भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई बधाई दिए । त्यही दिन मोदी र कार्कीबीच हुने भनिएको टेलिफोन संवाद सम्भव भएन ।

जुन बिहीबार सम्भव भएको छ । मोदी कार्कीबीच भएको टेलिफोन संवादमा दुई देशबीचको सम्बन्ध बलियो बनाउन कुराकानी भएको दुवै पक्षको सचिवालय र नेपालस्थित भारतीय दूतावासले पनि जनाएको छ ।

प्रधानमन्त्री मोदीले कार्कीलाई बधाई दिँदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना पनि दिएका छन् । मोदीले भदौ २३ र २४ गते नेपालमा भएका विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गरे ।

उनले दुई देशबीचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको पनि बताए ।

शान्ति र स्थिरता पुनर्स्थापना र नेपाली जनताको प्रगतिका लागि नेपालको प्रयासमा भारतको पूर्ण समर्थन रहेको कुरा पनि मोदीले कार्कीलाई बताएका छन् ।

यता नेपालकी प्रधानमन्त्री कार्कीले भारतको दृढ समर्थनका लागि धन्यवाद दिएकी छन् । दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने समकक्षी मोदीको इच्छालाई समर्थन पनि गरेकी छन् ।

प्रधानमन्त्री मोदीले नेपालको संविधान दिवसको पनि शुभकामना दिएका छन् । दुवै प्रधानमन्त्रीले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका भारतीय दूतावासले जानकारी दिएको छ ।

यता बिहीबार नै दुई शक्ति राष्ट्र चीन र अमेरिकाका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर बधाई दिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : ०७ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक