प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ « Khabarhub

प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता दक्षिणी छिमेकी भारत निरन्तर संवादमा छ ।

शीतल निवासमा कार्कीले अन्तरिम सरकारको शपथ लिँदा भारतीय राजदूत नवीन श्रीवास्तवले त्यहीँ पुगे बधाई दिए ।

त्यसको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर पुगेर प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल-भारत सम्बन्धको लामो चर्चा गरे ।

त्यसपछि ३१ भदौमा सिंहदरबार छिरेर भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई बधाई दिए । त्यही दिन मोदी र कार्कीबीच हुने भनिएको टेलिफोन संवाद सम्भव भएन ।

जुन बिहीबार सम्भव भएको छ । मोदी कार्कीबीच भएको टेलिफोन संवादमा दुई देशबीचको सम्बन्ध बलियो बनाउन कुराकानी भएको दुवै पक्षको सचिवालय र नेपालस्थित भारतीय दूतावासले पनि जनाएको छ ।

प्रधानमन्त्री मोदीले कार्कीलाई बधाई दिँदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना पनि दिएका छन् । मोदीले भदौ २३ र २४ गते नेपालमा भएका विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गरे ।

उनले दुई देशबीचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको पनि बताए ।

शान्ति र स्थिरता पुनर्स्थापना र नेपाली जनताको प्रगतिका लागि नेपालको प्रयासमा भारतको पूर्ण समर्थन रहेको कुरा पनि मोदीले कार्कीलाई बताएका छन् ।

यता नेपालकी प्रधानमन्त्री कार्कीले भारतको दृढ समर्थनका लागि धन्यवाद दिएकी छन् । दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने समकक्षी मोदीको इच्छालाई समर्थन पनि गरेकी छन् ।

प्रधानमन्त्री मोदीले नेपालको संविधान दिवसको पनि शुभकामना दिएका छन् । दुवै प्रधानमन्त्रीले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका भारतीय दूतावासले जानकारी दिएको छ ।

यता बिहीबार नै दुई शक्ति राष्ट्र चीन र अमेरिकाका राजदूतले पनि प्रधानमन्त्री कार्कीलाई सिंहदरबार पुगेर बधाई दिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको