मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन « Khabarhub

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डीआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्।

जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी रौतहट पुगेका थिए।

डीआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिएका छन्।

उनले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी गर्न, समाजको सुरक्षाका लागि अहोरात्र खटिन तथा आफ्नो पदीय दायित्व त्रुटिरहित ढङ्गले पूरा गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए।

उनले परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै, सुरक्षाकर्मीहरूले एक निर्भीक, इमानदार र वफादार राष्ट्रसेवकको रूपमा खटिनुपर्ने निर्देशन दिएको जानकारी दिएका छन्।

रौतहटमा जेनजी आन्दोलनपछि सुरक्षाको सवाल अझै संवेदनशील बनेको छ। आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा आगजनी र लुटपाट भएका घटनाले सीमाक्षेत्रलाई पनि जोखिमपूर्ण बनाएको छ। यस्तो पृष्ठभूमिमा डिआईजी ढकालको सीमा व्यवस्थापन र तस्करी नियन्त्रणसम्बन्धी निर्देशनलाई महत्वपूर्ण मानिन्छ।

भारतसँग खुला सिमा भएको कारण रौतहटमा अवैध कारोबार र लागुऔषध तस्करीको जोखिम बढी हुने गरेको छ। त्यसैले सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउँदा मात्र यस्तो गतिविधि नियन्त्रणमा आउन सक्ने देखिन्छ।

सुरक्षाकर्मीहरूको मनोबल बढाउने र जिम्मेवारीपूर्वक खटिन प्रेरित गर्ने उनको सन्देशले जिल्लाको समग्र शान्ति–सुरक्षा सुदृढ पार्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : १४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको