शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग महासङ्घको माग « Khabarhub

शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग महासङ्घको माग


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरी मर्यादित रुपमा व्यवसायका लागि शान्ति सुरक्षा जरुरी रहेको बताएको हो । उनले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका थिए ।

निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे। साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनःनिर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य सङ्घमार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन आग्रह गरे।

आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न मन्त्री अर्याल समक्ष आग्रह गरे। गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताएको महासङ्घले जनाएको छ । 
 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २४ बजे

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च