अर्थसंक्षेप : बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा खर्च, अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न सकिने, वाणिज्य बैंक बानेश्वरबाट ५ करोड रुपैयाँ र १८ किलो सुन लुटियो र नेप्से पहिरो « Khabarhub

अर्थसंक्षेप : बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा खर्च, अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न सकिने, वाणिज्य बैंक बानेश्वरबाट ५ करोड रुपैयाँ र १८ किलो सुन लुटियो र नेप्से पहिरो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा अन्तरआबद्धता सेवा शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पुर्‍याउनेछ ।

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ?

जेन-जी पुस्ताको आन्दोलनको बलमा नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी नै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन नै गर्ने गरी म्यान्डेट लिएर बनेको सरकारसँग अब साढे पाँच महिना मात्रै बाँकी छ । त्यस अवधिभित्र आवश्यक स्रोत साधन बन्दोबस्त गरेर निर्वाचन आयोगले निर्वाचन गर्नुपर्ने हुन्छ ।

भदौ २३ र २४ गतेको आन्दोलनको कारणले देशैभरका हजारौँ सरकारी संरचनामा क्षति पुगेको छ । कतिपय ध्वस्त भएका छन् । सरकार निरन्तरतामा काम गर्न सक्ने अवस्थामा देखिँदैन ।

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालु बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब १० अर्ब रुपैयाँ भेटिएको जानकारी दिए।

त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ निकाल्न सकिने उनले जानकारी दिएका छन्। काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उनले बताए।

‘विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदै छ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो’, उनले भने। अर्थमन्त्रीका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनर्निर्माणमा लगाउने तयारी छ।

शेयर बजारमा पहिरो, दुई पटक लाग्यो नेगेभिट सर्किट

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री

बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट

तीन दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : १० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा