समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह « Khabarhub

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राखे । 

‘गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ’, उनले भने।

कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पुर्यायको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ४१ बजे

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी– कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई