फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ? « Khabarhub

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘अभिमन्यु’ एक साथ प्रदर्शनमा आउँदा गायक तथा नायक प्रकाश सपुतलाई संकट सिर्जना भएको छ ।

चारवटाले बक्स अफिस प्रतिस्पर्धामा गर्ने हुँदा ती फिल्मका कलाकारहरुलाई सामान्य अवस्थाभन्दा अलि बढी प्रचारमा जुट्नुपर्ने दबाब स्वभाविक छ ।

त्यहीमाथि प्रकाशकफ फिल्म जुधेँको छ । उनी फिल्महरु ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को नायक हुन्।

प्रकाश चलेको प्रोफाइल भएकाले प्रचारमा प्रयोग हुने अनुहार हुन् । अर्थात्, दुवै फिल्मको निर्माण पक्षले उनलाई प्रचारमा प्रयोग गर्ने निश्चित छ । यो उनको व्यवसायिक बाध्यता पनि हो ।

प्रदर्शन मिति असोज १३ गते आउन अब दुई साताभन्दा कम समय छ । यो बाँकी दिनमा उनले दुई फिल्मको प्रचारमा निस्कनुपर्ने हुन्छ ।

प्रकाशलाई आइलागेको मुख्य संकट, ‘एकै मितिमा प्रदर्शनमा आएका दुई फिल्म हरिदिनू’ भनेर दर्शकलाई आग्रह गर्न हो ।

बानेश्वरस्थित एक हलमा बिहीबार ‘माइतीघर’को ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । जसमा प्रकाश सपुत उपस्थित हुने भइहाले ।

उनलाई यही संकटबारे प्रश्न सोधिएको थियो । ‘तपाईंको प्राथमिकतामा कुन फिल्म छ ?’ भन्ने प्रश्नमा प्रकाशले हाँस्दै सांकेतिकरुपमा आफू नैतिक संकटमा परेको जवाफ फर्काए ।

उनले भने, ‘मेरो लागि यी दुई फिल्म छोरा र छोरी जस्तै हो । अब कुन चाहिँ प्राथमिकतामा राख्नु ?’

‘अनि कुन फिल्म छोरा, कुन फिल्म छोरी ?’ भनेर उनलाई अर्को प्रश्न गरिएको थियो । उनको जवाफ थियो– हरिबहादुरको जुत्ता’ छोरा । माइतीघर’ छोरी ।

अब प्रकाशले दुई फिल्मको प्रचार कसरी गर्लान् ? त्यो हेर्न बाँकी छ ।

बिहीबार पनि प्रकाशका लागि अर्को संयोगको दिन हो । किनकि यो दिन प्रकाशको अभिनय रहेको अर्को फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको थियो । एकै दिन एक कलाकारको दुई फिल्मको टिजर र ट्रेलर सार्वजनिक हुनु विरलै हुने घटना हो ।

यसरी एकै कलाकारको एक साथ दुई फिल्म प्रदर्शनमा आउने भयङ्कर दुर्लभ घटना होइन । विगतमा यस्तो उदाहरण धेरै छन् । ‍

तर, प्रकाशको करिअरमा भने यो पहिलो पटक हो । एक साथ चार फिल्म प्रदर्शनमा आउने अवस्थामा झन् एकै कलाकारको दुईवटा आउन लागेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ३८ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख