फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ? « Khabarhub

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘अभिमन्यु’ एक साथ प्रदर्शनमा आउँदा गायक तथा नायक प्रकाश सपुतलाई संकट सिर्जना भएको छ ।

चारवटाले बक्स अफिस प्रतिस्पर्धामा गर्ने हुँदा ती फिल्मका कलाकारहरुलाई सामान्य अवस्थाभन्दा अलि बढी प्रचारमा जुट्नुपर्ने दबाब स्वभाविक छ ।

त्यहीमाथि प्रकाशकफ फिल्म जुधेँको छ । उनी फिल्महरु ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को नायक हुन्।

प्रकाश चलेको प्रोफाइल भएकाले प्रचारमा प्रयोग हुने अनुहार हुन् । अर्थात्, दुवै फिल्मको निर्माण पक्षले उनलाई प्रचारमा प्रयोग गर्ने निश्चित छ । यो उनको व्यवसायिक बाध्यता पनि हो ।

प्रदर्शन मिति असोज १३ गते आउन अब दुई साताभन्दा कम समय छ । यो बाँकी दिनमा उनले दुई फिल्मको प्रचारमा निस्कनुपर्ने हुन्छ ।

प्रकाशलाई आइलागेको मुख्य संकट, ‘एकै मितिमा प्रदर्शनमा आएका दुई फिल्म हरिदिनू’ भनेर दर्शकलाई आग्रह गर्न हो ।

बानेश्वरस्थित एक हलमा बिहीबार ‘माइतीघर’को ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । जसमा प्रकाश सपुत उपस्थित हुने भइहाले ।

उनलाई यही संकटबारे प्रश्न सोधिएको थियो । ‘तपाईंको प्राथमिकतामा कुन फिल्म छ ?’ भन्ने प्रश्नमा प्रकाशले हाँस्दै सांकेतिकरुपमा आफू नैतिक संकटमा परेको जवाफ फर्काए ।

उनले भने, ‘मेरो लागि यी दुई फिल्म छोरा र छोरी जस्तै हो । अब कुन चाहिँ प्राथमिकतामा राख्नु ?’

‘अनि कुन फिल्म छोरा, कुन फिल्म छोरी ?’ भनेर उनलाई अर्को प्रश्न गरिएको थियो । उनको जवाफ थियो– हरिबहादुरको जुत्ता’ छोरा । माइतीघर’ छोरी ।

अब प्रकाशले दुई फिल्मको प्रचार कसरी गर्लान् ? त्यो हेर्न बाँकी छ ।

बिहीबार पनि प्रकाशका लागि अर्को संयोगको दिन हो । किनकि यो दिन प्रकाशको अभिनय रहेको अर्को फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको थियो । एकै दिन एक कलाकारको दुई फिल्मको टिजर र ट्रेलर सार्वजनिक हुनु विरलै हुने घटना हो ।

यसरी एकै कलाकारको एक साथ दुई फिल्म प्रदर्शनमा आउने भयङ्कर दुर्लभ घटना होइन । विगतमा यस्तो उदाहरण धेरै छन् । ‍

तर, प्रकाशको करिअरमा भने यो पहिलो पटक हो । एक साथ चार फिल्म प्रदर्शनमा आउने अवस्थामा झन् एकै कलाकारको दुईवटा आउन लागेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ३८ बजे

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ–  चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन

एकीकृत परिवार योजना शिविर: सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौं– पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने