मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन « Khabarhub

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको छ। केही जेनजीका अनुसार उनलाई पर्यटनमन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्की समक्ष पनि पुगेको छ। 

उनी पर्यटनमन्त्री बन्नका लागि धेरै जनाले प्रस्ताव पुर्‍याएको जेनजीहरुको भनाइ छ । 

‘उहाँको विषयमा प्रधानमन्त्रीले अध्ययन गरिरहनुभएको छ।’ जेनजीका एकजनाले खबरहरूलाई भने, ‘उहाँलाई मनाउने प्रयास गरिरहेका छौं । पर्यटन मन्त्रीमा उहाँको प्रबल सम्भावना छ।’

तर यसबारे लामाले भने आफूलाई कुनै जानकारी नरहेको बताएका छन्। खबरहबसँगको कुराकानीमा लामाले धेरै जनाले आफू मन्त्री बनाउनका लागि प्रस्ताव राखेको भन्ने कुरामा आफू जानकार नभएको उनले बताए । 

‘धेरैजना साथीले मन्त्री बनिदिनुपर्यो भनेर फोन सम्पर्क र संवाद गर्नुभएको छ रे। मैले सुनेको नेतृत्व तहमा पनि धेरै जनाले मेरो नाम पुर्‍याउनुभएको छ रे। तर म आफ्नै कर्ममा रमाइरहेको छु। केही गरौँ भनेर लागेको छु। छ महिनाका लागि पर्यटनमन्त्री भएर मैले गर्न केही सक्दिनँ ‘ लामाले खबरहबसँग भने, ‘म त देशका लागि केही गर्छु भनेर निष्कलङ्क रुपमा काम गरिरहेको मान्छे हुँ। युवाको अपेक्षा धेरै छ मैले पर्यटनमन्त्री भएर छ महिनामा केही पनि गर्न सक्दिनँ त्यसैकारण यसबारे मैले कुनै निर्णय गरेको छैन।’

उनले आफूसमक्ष मन्त्री बन्नका लागि सरकारको उच्च तहबाट समेत प्रस्ताव आएको संकेत गरेका छन् । 

‘साथीहरूले मेरो नाम लिनुभएको छ यसमा म उहाँलाई धन्यवाद दिन्छु तर मैले यसबारे कुनै सोचविचार गरेको छैन’ लामाले भने, ‘खासमा मलाई मेरै फिल्डमा केही गर्छु भन्ने छ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ४३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको