मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन | Khabarhub Khabarhub

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको छ। केही जेनजीका अनुसार उनलाई पर्यटनमन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्की समक्ष पनि पुगेको छ। 

उनी पर्यटनमन्त्री बन्नका लागि धेरै जनाले प्रस्ताव पुर्‍याएको जेनजीहरुको भनाइ छ । 

‘उहाँको विषयमा प्रधानमन्त्रीले अध्ययन गरिरहनुभएको छ।’ जेनजीका एकजनाले खबरहरूलाई भने, ‘उहाँलाई मनाउने प्रयास गरिरहेका छौं । पर्यटन मन्त्रीमा उहाँको प्रबल सम्भावना छ।’

तर यसबारे लामाले भने आफूलाई कुनै जानकारी नरहेको बताएका छन्। खबरहबसँगको कुराकानीमा लामाले धेरै जनाले आफू मन्त्री बनाउनका लागि प्रस्ताव राखेको भन्ने कुरामा आफू जानकार नभएको उनले बताए । 

‘धेरैजना साथीले मन्त्री बनिदिनुपर्यो भनेर फोन सम्पर्क र संवाद गर्नुभएको छ रे। मैले सुनेको नेतृत्व तहमा पनि धेरै जनाले मेरो नाम पुर्‍याउनुभएको छ रे। तर म आफ्नै कर्ममा रमाइरहेको छु। केही गरौँ भनेर लागेको छु। छ महिनाका लागि पर्यटनमन्त्री भएर मैले गर्न केही सक्दिनँ ‘ लामाले खबरहबसँग भने, ‘म त देशका लागि केही गर्छु भनेर निष्कलङ्क रुपमा काम गरिरहेको मान्छे हुँ। युवाको अपेक्षा धेरै छ मैले पर्यटनमन्त्री भएर छ महिनामा केही पनि गर्न सक्दिनँ त्यसैकारण यसबारे मैले कुनै निर्णय गरेको छैन।’

उनले आफूसमक्ष मन्त्री बन्नका लागि सरकारको उच्च तहबाट समेत प्रस्ताव आएको संकेत गरेका छन् । 

‘साथीहरूले मेरो नाम लिनुभएको छ यसमा म उहाँलाई धन्यवाद दिन्छु तर मैले यसबारे कुनै सोचविचार गरेको छैन’ लामाले भने, ‘खासमा मलाई मेरै फिल्डमा केही गर्छु भन्ने छ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ४३ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’