अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्छ : ओली « Khabarhub

अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्छ : ओली


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नु पर्ने बताएका छन् । देशैभरी असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको ओलीले बताए ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले अहिले मानिसहरू भित्र कायरता जगाएर राज्यलाई कमजोर बनाइ राज गर्ने प्रयत्न भएको बताए । यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नुपर्ने अवस्था आएको ओलीले बताए ।

सरकारले समातेका अपराधिलाई छाड भन्ने अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर भन्ने गरेको ओलीले सुनाए । ‘यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नु पर्‍यो, टोल टोलमा सुरक्षा समिति बनाउनै पर्‍यो’, उनले भने ।

ओलीले पार्टीका नेता कार्यकर्तालाई सत्यको अगाडि नझुक्न आग्रह गरे । ‘सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ, वाक स्वतन्त्रता हाम्रो नैसर्गिक अधिकार हो, बोल्ने गर्नुस्, अपराधीहरूले मनपरी बोल्न पाउने हामीले जायज कुरा बोल्न नपाउने भन्ने हुँदैन, साथीहरू बोल्ने गर्नुस्’, ओलीले भने ।

ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नु पर्ने बताए । ‘अहिले देशमा औँसीको अँध्यारो छाएको छ, यो स्याहा सरकार हो, यो स्याहा सरकारका विरुद्ध हामीले उज्यालो बाल्नै पर्दछ, ज्योति बाल्नै पर्दछ, उज्यालो बाल्नै पर्दछ’, ओलीले भने ।

ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताए । त्यसैले एमालेले विघटित संसद्को पुर्नस्थापनाको माग उठाएको बताए । जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने उनको भनाइ छ । ‘कि सम्झौता छ अपराधीहरूसँग तपाईँहरूको, आफूहरूलाई सहयोग गर्ने भन्ने’, उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : ३२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले