जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान « Khabarhub

जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चलनुपर्ने बताएका छन् । तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौं एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताए ।

पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किंदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रुपमा बुझ्न नहुने भनाइ राखे । ‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लार्टफमसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो’, पुनले भने, उनीहरु कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरु हुन् । उनीहरु स्मार्ट छन् र क्षमतावान छन् । उनीहरुसँगै संसारभरिका सूचना छन् ।’

पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरुबीच चिनाजान नहुने अवस्था भए पछि जेन–जीहरु भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरुसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिराखेको छ । त्यहाँ उसका सम्बन्धहरु छन् । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ ।’

पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे । पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिस्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनले विगतमा आफूहरुले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए ।

‘नेपाली जनता मात्र होइन, आज विश्वभर जेन–जी आन्दोलनका तरंगहरु छन् । यसलाई क्रान्तिकारीहरुले अझ क्रान्तिकारीहरुले उत्पीडित र शोषितहरुको आकांक्षा र भावनासँग जोडेर लान चाहन्छन् र अर्काथरि मान्छे आजको परिवर्तनलाई पछि उल्टाएर पछि फर्काउन चाहन्छन्’ , पुनले भने । उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डे जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए ।

२३ भदौको शान्तिपूर्ण जेन–जी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई केही नगर्ने तर, आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

‘सरकारलाई फेरि भन्न चाहन्छौं, आजको परिवर्तनलाई आत्मसात गर्ने दल भनेको हामी मात्र हौं । हामी आफ्नो एजेण्डा लिएर निर्वाचनमा होमिन्छौं । जेन–जीका त्याग, बलिदान, समर्पण र एजेण्डा बोकेर आफूलाई रुपान्तरण गर्न जनमतमा जान्छौं भन्ने पार्टीलाई बेलाबेला तसौउने र बेलाबेला लक्षित गर्ने खालको कोसिस भएको छ’, पुनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो ? प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन । गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन । तर, कुन चाहिं स्वार्थ समूहले यो गरिरोखको छ ? हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौं । हामी निर्वाचनमा जान्छौं, एजेण्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौं । तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस् ।’

उनले २३ गते दर्जनौंको हत्या गर्ने, सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियालाई केही नगर्ने अनि प्रचण्डतिर तेस्र्याउन खोजेको भन्दै आपत्ति जनाए । यस प्रकारका बेठीक प्रवृत्ति स्वीकार नगर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ३८ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच