जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड « Khabarhub

जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।
 
दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए।
 
संयोजक दाहालले भने,’हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’
 
अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गर्न गम्भीर रहेको आफूले पाएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
 
जेन-जी आन्दोलनको भावना सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ । जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ ।’

आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै संयोजक दाहालले मुलुकमा थप अराजकता सिर्जना हुन नदिन राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु अपरिहार्य रहेको बताए।
 
समाजवादी मोर्चामा आबद्ध वामशक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै संयोजक दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्ति पनि एक हुनुपर्ने आवश्यकता औँल्याए । जेन-जी पुस्ता क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हो भन्दै उनले भने, ‘भदौ २३ गते भएको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ । उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन् ।’
 
माओवादी नेता वर्षमान पुनले जेन-जी युवाको चाहना र भावना सम्बोधन गर्नुको कुनै विकल्प नरहेको जनाउँदै जेनजी आन्दोलनपछि आफ्नो पार्टीले सोचविचार र नीति बदलेको बताए। उनले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ४० बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने