गीतकार कवि अधिकारी सम्मानित « Khabarhub

गीतकार कवि अधिकारी सम्मानित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन्। कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरू’ संस्थाले उनलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।
 
कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गरेका थिए ।
 
कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार भएको उल्लेख गरे। ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले  संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राखे।
 
कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ५६ बजे

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

बनेपा– काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म

पूर्ववत सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने इरानको चेतावनी

काठमाडौं- तेहरानका पूर्ववत सातवटा सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि

पाकिस्तान ‘ए’विरुद्ध राशिद खानले नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट

गगनको चेतावनी- कांग्रेसबाट चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने कारबाही हुन्छ

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सदस्यता कायम राखेर

अन्तर्राष्ट्रिय कलको पल्स अवधि ६० सेकेन्ड कायम

 काठमाडौँ – नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग