सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए « Khabarhub

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सर्लाही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ छ ।

कार्यालयको तथ्यांकअनुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन् । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिए । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उनले बताए ।

जिल्लाको यस तथ्याङ्क केही थप हुने उनको भनाइ छ । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ । राष्ट्रिय परिचयपत्रबाट प्राप्त निवेदन अबको केही दिनपछि स्वीकृत गरिने उनले बताए ।

मतदाता नामावलीमा दर्ता भएकामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन् ।

फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने तथा हाल १६ वर्ष पूरा भएर नागरिकता बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम सङ्कलन गराउन आयोगले आह्वान गरेको थियो । विवरण अद्यावधिकअन्तर्गत त्रुटि सच्याउने, ठाउँसारी गर्ने तथा दोहोरो नामावली हटाउन धेरै निवेदन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

आफैँले विवरण भरेर समय लिएर आउने सेवाग्राहीले दुई मिनेटदेखि बढीमा ३० मिनेटसम्ममा सेवा पाएको निर्वाचन अधिकारी साहको भनाइ छ । धेरै भीड भएको समयमा काम गर्ने कर्मचारी थोरै हुँदा सेवा प्रवाहमा केही सामान्य कठिनाइ रहे पनि सहभागी सबैले सेवा पाएका कार्यालय प्रमुख साहले दाबी गरे ।

कार्यालयसम्म आउन नसक्नेहरूले सेवा लिन नपाएको गुनासो गरेको भए पनि कार्यालयसम्म पुगेका कसैले त्यसै फर्कनु नपरेको उनको भनाइ छ । तर समय अभाव र अपायक परेका कारण जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले सेवा दिन नपाएको गुनासो गरेका छन् ।

जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूले नाम दर्ता गराउन नपाएको गुनासो गरिन् । आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिए आफूहरू पनि लावान्वित हुने उनको अपेक्षा छ । उमेर ढल्दै गएकाले यस जन्ममा आफ्नो मतदान गर्न नपाउने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।

हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १० : ०४ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने