आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । आफ्ना मान्छेको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ । राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नु राम्रो हुनेछ । परोपकार गर्ने क्रममा राज्यले तपाईंमाथि शंका गर्ने खतरा छ । परिवारसँगै बसेर रमाउने दिन छ ।

मिथुन : तपाईंको मनमा शान्ति मिल्नेछ । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सकिने छ । परिवारको व्यवस्थापन हुन नसक्दा खटपटी बढ्न सक्छ ।

कर्कट : दिन सामान्य राम्रो छ । खराब बोलीले साथी टाढा हुनेछन् । लगानीको तर्फबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । शनिको प्रभावले हरेक कुरामा अवरोध हुनसक्छ । बिहान गणेशको पूजा गरेमा दिन सहज बन्नेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रमा उत्साह बढ्नेछ । परिवारमा भने खटपटी हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने दिन छ ।

कन्या : दिन राम्रो छ । देशको भन्दा विदेशको रमझमले मन तान्नेछ । लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ ।

तुला : दिन सामान्य छ । तपाईंका आफन्त टाढिने जोखिम छ । बोल्दा सचेत बन्नु राम्रो हुनेछ । बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा थप मिहिनेत आवश्यक पर्नेछ ।  स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक : दिन सहज छ । आफन्तले साथ दिनेछन् । आम्दानीको स्रोत बलियो बन्ने छ । परिवारमा भित्र भने सानो कुराले झन्झट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

धनु : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । परोपकार गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथमा दिन बित्नेछ ।

मकर : दिन राम्रो छ । खर्च कटौती गर्नुपर्ने दिन छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक आदेश पालना गर्दा सचेत बन्नुपर्ने दिन छ । व्यापारको सुरुवात गरेको भए प्रगति हुनेछ । परिवारको साथ मिल्नेछ ।

कुम्भ : शुभ ग्रहको बहुमत छ । सोचेका काम बन्नेछन् । बिहान शिवको दर्शन गर्नाले दिन सहज बन्नेछ । तपाईंको काममा साथीको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।

मीन : साथी भाइबाट असहयोग हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । प्राविधिको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : १६ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा