एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै « Khabarhub

एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् ।

आजै हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो भने पोखाराका कप्तान कुशल भुर्तेल हुन् । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ०८ बजे

पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी  ४

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय